BISHWASI.COM

ईसाई विश्वासका- आधारभूत सिद्धान्त भाग २- परमेश्वर || Essential Doctrines of Christian Belief-2: God

पवित्र पवित्र पवित्र परमेश्वर- जो सदा भलो चाहनु हुन्छ र हामी भन्दा फरक हुनुहुन्छ

 


यशैया 6:2-3

'उहाँको मास्तिर सराफहरू खडा थिए— प्रत्‍येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनिहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खट्टा ढाकेका थिए, र दुई वटाले तिनिहरू उड्‌दैथिए। अनि एउटाले अर्कालाई यसो भन्दै तिनिहरू पुकार्दै थिए: “सर्वशक्तिमान्‌ परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” '

माथिको पदमा सराफहरूले एक प्रकारले परमेश्वर कस्तो हुनुहुन्छ भनि परमेश्वरको वर्णन गरेको छ। परमेश्वरलाई हामीले जान्दा उहाँ महा पवित्र हुनुहुन्छ भन्ने जानी राख्नु पर्दछ। परमेश्वर सबै थोक भन्दा श्रेष्ठ हुनुहुन्छ। उहाँले मानिसलाई दिनुभएको कति वटा गुणहरूमा परमेश्वरमा श्रेष्ठतापूर्ण छन्। जस्तो हामी मानिसले परमेश्वरको धार्मिकता, शुद्धता, भलाइलाई प्राप्त गरेका छौं तर हामीमा आंशिक रूपमा हुन सक्ने यी गुणहरू परमेश्वरमा पूर्णतामा रहेका छन्। त्यसैले परमेश्वर सर्वोच्च परमेश्वर हुनुहुन्छ। उहाँ सृष्टि भन्दा फरक सृष्टिकर्ता हुनुहुन्छ। 

यशैयाले देखेको दर्शनमा सराफहरू जसको नामको अर्थ नै प्रज्वलित भन्ने हुन्छ, उनीहरूले परमेश्वरको महिमा आफ्नो आँखाले हेर्न असक्षम छन् र आफ्नो आँखाले मुख ढाकेर परमेश्वरको महिमा गरेको भेटिन्छ। यसबाट उनीहरूले परमेश्वरको महानता र उहाँको महानता अघि गरेको समर्पणता बुझिन्छ। परमेश्वर यति महान् हुनुहुन्छ कि सृष्टि (मानिस)ले प्रत्यक्ष रूपमा उहाँलाई चियो चर्चा गर्न तथा हेर्न विचार गर्न सक्दैन। उहाँको महिमा अनन्त देखि अनन्त सम्म अपरिवर्तनशिल छ। त्यसैले उहाँको सदा महिमा गरिनु पर्दछ।

बाइबलमा उल्लेख भएको महान् परमेश्वर हाम्रो परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो अपरिवर्तनिय प्रेम र अनुग्रहले हामीलाई सधैँ वास्ता गर्नुहुन्छ। हामीले फेर्ने हरेक श्वास, हाम्रो निम्ति प्रत्येक दिन उदाउने सुर्य आदि पनि उहाँले हाम्रो वास्ता गरेर दिइरहनुभएको छ। आफ्नो वृहत योजना अनुरूप परमेश्वरले सृष्टिलाई डोर्याइरहनुभएको छ, उहाँको सुन्दर र असल योजना पुरागर्नु हुन्छ। उहाँले सबै समय सबै कुरा देखिरहनुभएको छ, र वास्ता गरिरहनुभएको छ। हाम्रो जीवनमा घट्ने कुनै पनि पल उहाँको निग्रानी विना भएको छैन। 

त्यसैले परमेश्वर हाम्रो महिमाको योग्य हुनुहुन्छ। महान् परमेश्वरको महिमा गर्न पाउनु हाम्रो निम्ति ठूलो अवसर तथा आशीष हो। उहाँ पापको कारण भ्रस्ट, कमजोर र उद्देश्य हीन भएका हामी भन्दा फरक हुनुहुन्छ। उहाँ भरोसा योग्य, भलो, तथा पवित्र परमेश्वर हुनुहुन्छ।

बाइबल धर्मशास्त्रमा प्रकाश पारिएको परमेश्वरको गुणहरू

  •  परमेश्वर विश्वसनीय र भरोसा योग्य हुनुहुन्छ। 

'तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्छ।' भजनसंग्रह 145:13

  • परमेश्वर हाम्रो रक्षक हुनुहुन्छ। 

'परमप्रभु आफै तिम्रो अगि जानुहुन्‍छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ। नडराऊ, निरुत्‍साह नहोऊ।”' व्यवस्था 31:8

'परमेश्वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।' भजनसंग्रह 46:1

  • परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ। 

'अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्‍न सक। त्‍यो शक्ति उहाँको महान्‌ सामर्थ्‍यको काम नै हो,' एफिसी 1:19

  • परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। 

'परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक ज-जसले उहाँलाई सत्यतामा पुकार्छन्‌।' भजनसंग्रह 145:18

'मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”' मत्ती 28:20

  • परमेश्वर दयावान्, अनुग्रहकारी हुनुहुन्छ। 

'मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”' मत्ती 28:20

  • परमेश्वर अनन्त हुनुहुन्छ- उहाँको अस्तित्व आफैमा छ। 

'उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।' कलस्सी 1:17

  • परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ। 

'“म परमप्रभु कहिल्‍यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्‍तान हो, तिमीहरू नष्‍ट भएका छैनौ।' मलाकी 3:6

  • परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। 

'अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन। आदिदेखि अन्‍तसम्‍मको, र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु। म भन्‍छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। ' यशैया 46:9-10

  • परमेश्वर सर्वव्यापी हुनुहुन्छ। 

'तपाईंका आत्‍माबाट म कहाँ अलग्‍ग जान सक्‍छु? अथवा तपाईंको उपस्‍थितिबाट म कहाँ भाग्‍न सक्‍छु? म आकाशमा गएँ भने, तपाईं त्‍यहाँ हुनुहुन्‍छ, गहिराइमा आफ्‍नो ओछ्यान बनाएँ भने, त्‍यहाँ पनि तपाईं हुनुहुन्‍छ। ' भजनसंग्रह 139:7-8