परमेश्वरको गुण र रूप संसारमा देखाउने उत्तरदायित्व पाएको सृष्टि
उत्पत्ति 1:26-30'अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै
प्रतिरूपमा बनाऔं। तिनिहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू,
पाल्तु
पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।” यसैकारण परमेश्वरले मानिसलाई
आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो।
नर र नारी नै गरी उहाँले तिनिहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनिहरूलाई आशिष्
दिनुभयो, र तिनिहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै,
पृथ्वीमा
भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू
तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” अनि परमेश्वरले भन्नुभयो,
“हेर,
म तिमीहरूलाई
पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई
आहाराको निम्ति हुनेछन्। अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी
र जमिनमा चलहल गर्ने हरेक जन्तु— हरेक प्राणी जसमा जीवन छ— तिनिहरूका आहाराको निम्ति
म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो।'
जस्तै हामी मानिस पनि परमेश्वरका सृष्टि हौं। तर बाइबल धर्मशास्त्रले मानिसलाई
परमेश्वरले विशेष योजना राखेर आफ्नै स्वरूपमा बनाउनुभयो भनेर लेखिएको छ। बाइबलमा
लेखिएको स्वरूपको शब्दले कुनै पनि चित्र मूर्ति भन्दा फरक आफ्नो आकार र रूपको साथै
स्वभाव तथा गुणहरू राखेर परमेश्वरले हामीलाई बनाउनुभयो भन्ने बुझ्नु जरुरी हुन्छ। त्यस
अर्थमा हामी संसारमा परमेश्वरको चित्र तथा प्रतिनिधिहरू हौं। यो परमेश्वरले
मानिसलाई ठूलो उत्तरदायित्वको साथमा बनाउनुभयो।
यो संसारका सबै मानिसहरूको बारेमा बाइबलले
दिएको सत्यता हो। यसै सत्यताको आधारमा हामीले समाज, तथा नैतिकता सम्बन्धी विषयलाई
पनि बुझ्न सक्छौं। हत्या, गर्भपतन, दासत्व, जातीयता वर्ण तथा लिङ्गको आधारमा गरिने
विभेद आदि विषयलाई पनि यसै ज्ञानको आधारमा जान्नु आवश्यक छ। संसारका सबै
मानिसहरूमा परमेश्वरको स्वरूप, र योजना छ अर्थात् सबै जना परमेश्वरको सामु बहुमुल्य
र महत्वपूर्ण छन्। परमेश्वरलाई महत्वपूर्ण भएका मानिसहरूलाई हामीले आदर तथा महत्व
दिन चुक्नु परमेश्वरको अनादर गरेको समान हुन्छ।
परमेश्वरले सृष्टि गर्दा मानिस असल
थियो तर पापको प्रवेशको कारण मानिसमा भएको त्यस असलपनामा ह्रास आएको छ। तर पनि
हामी परमेश्वरका स्वरूप हुन छाडेका छैनौं । परमेश्वरले हामीलाई महत्व दिन
छाड्नुभएको छैन। त्यसैले हामीमा भएको पापको समस्यालाई समाधान गर्न आफ्नो पुत्र
येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। आज ख्रीष्टमा प्राप्त मुक्ति तथा पवित्र
आत्माले गर्नुहुने सुद्धिकरणको सहायताले फेरी परमेश्वरको सुन्दरतामा चम्कने मौका
हामीलाई प्राप्त भएको छ।
परमेश्वरले मानिसलाई बनाउने बेलामा
नै बढ्दै जान र संसारलाई अधिकार गर्ने आज्ञाका साथ बनाउनुभयो। मानिसले संसारमा
परमेश्वरको स्वरूप र स्वभावलाई प्रदर्शन गर्ने तरिकाले अधिकार गर्ने बढ्दै समाज
निर्माण गर्नेकार्य गर्नु पर्दछ। मानिसको समाजमा र मानिसले गर्ने व्यवहारमा परमेश्वरको
स्वरूप तथा गुणहरू देखिँदै जानु आवश्यक हुन्छ। मानिसले इश्वरीय गुणहरूले भरिपूर्ण
फलहरू फलाउनु पर्दछ।
परमेश्वरको योजना अनुसारको
परमेश्वरको राज्यको लागि बहुमुल्य योगदान पुर्याउनु परमेश्वरले मानिसलाई राख्नुभएको
प्रथम उद्देश्य हो।
बाइबल धर्मशास्त्रले मानिसको बारेमा
दिएको शिक्षाहरू
हामी परमेश्वरको हातको सीपहरू हौं। आमाको
गर्भमा नै परमेश्वरले हामीलाई बनाउनुभएको हो।
भजनसंग्रह 100:3
'परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो,
र हामी
उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं। ''तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा
देखाउनुहुन्छ, कि हामी
पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।' रोमी 5:8
प्रेम गर्नुहुन्छ र उ नास नहोस भनेर उसको लागि अनन्त जीवनको बाटो तयार गर्नुहुन्छ।
' “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। ' यूहन्ना
3:16'तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा
देखाउनुहुन्छ, कि हामी
पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।' रोमी 5:8'“के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त
तँलाई बिर्सन सक्दिनँ। हेर्, मैले
तँलाई मेरो हत्केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्।' यशैया 49:15-16
परमेश्वरले मानिसको जीवनलाई सबै
भन्दा महत्व दिनुहुन्छ।
'तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको
नाकमा जीवनको सास फुकि दिनुभयो, र मानिस जीवित प्राणी भए।' उत्पत्ति 2:7'आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न
भकारीमा बटुल्छन्, तर
तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा
बढ़ी मूल्यवान् छैनौ र?' मत्ती 6:26'यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता मूल्यवान्
छौ। 'मत्ती 10:31'“हत्या नगर्नू।' प्रस्थान
20:13
वर्तमान समयमा परमेश्वर मानिसको शरीर
तथा जीवन भित्र रहनुहुन्छ अर्थात् मानिस परमेश्वरको मन्दिर हो।
'के तिमीहरूलाई थाहा छैन, तिमीहरू
परमेश्वरका मन्दिर हौ, र
परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ? यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले
त्यसलाई नष्ट गर्नुहुनेछ। किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ।' १
कोरिन्थी 3:16-17'म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले
जिउँछु, त्यो
परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले
मलाई प्रेम गर्नुभयो, र मेरो
निम्ति आफूलाई अर्पण गर्नुभयो।' गलाती 2:20
