पवित्र आत्मा: हामी भित्र आफ्नो उपस्थिति जनाउनु हुने परमेश्वर
हामी मानिसको बीचमा पवित्र आत्मा पठाउने विषय वर्तमान समयमा आएर परमेश्वरले संसारको लागि बनाउनुभएको योजना होइन। परमेश्वरले अनन्ततालाई योजना गर्नुभयो जसको प्रतिक्षामा हामी सबै छौं। तर परमेश्वर ल्याउनु हुने अनन्तको भविष्य जति बेला हामी सधैँ परमेश्वरको उपस्थितिमा आनन्द र शान्तिमा रहन्छौं सो बेला पर्खिरहेको वर्तमान समयको लागि परमेश्वरले पवित्र आत्मा दिनुभएको छ। जो हाम्रो लागि परमेश्वरको अनन्तताको पहिलो फल हुनुहुन्छ।
पुरानो करारको समयमा इस्राएलिहरूले परमेश्वरको विश्वासनियता र आशीषको निम्ति पहिलो फल उहाँलाई चढाउँने गर्थे। निस्तार चाढ पछिको विश्रामको दिनमा प्राय चढाउने गरिन्थ्यो (लेवी 23:9-14)। यसले परमेश्वरले दिनुहुने विश्राम तथा उनिहरूको बीचमा हुने परमेश्वरको उपस्थितिको प्रतिज्ञाको संज्ञा गर्थ्यो। आज हाम्रो निम्ति पवित्र आत्माको प्रथम फल अर्थात् मुक्ति छ। पवित्र आत्माको रूपमा परमेश्वरको उपस्थिति हामीलाई दिइएको छ, र परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गरिरहनुभएको छ।
परमेश्वरको उपस्थिति भविस्यको स्वर्गिय वासको लागि मात्र नभएको वर्तमानसमयमा पवित्र आत्मा हाम्रो बीचमा हुनुहुन्छ। जसरी हामीले स्वर्गमा परमेश्वरको उपस्थितिमा सबै चिन्ता फिक्रिबाट मुक्त हुन्छौं। त्यसरी नै पवित्र आत्मा हाम्रो साथमा भएर अहिले पनि हाम्रो सबै सुख दुखमा, संघर्षहरूमा साथ दिइ रहनुहुन्छ। पवित्र आत्मामा परमेश्वरको उपस्थिति तथा यसको आनन्द हामीले वर्तमान समयमा नै प्रथम फल स्वरूप अनुभव गर्ने मौका पाइरहेका छौं।
पवित्र आत्मा हाम्रो साथमा रहेर अहिले नै परमेश्वरको कुराहरू अर्थात् आत्मिक कुराहरू जान्न र बुझ्न सक्ने भएका छौं। हाम्रो जीवन जुन हामीलाई पिताबाट प्राप्त भएको हो, र मुक्ति हामीलाई पुत्र येशू ख्रीष्टमा प्राप्त भयो यसमा परमेश्वरको योजना पुरा गर्ने काम पवित्र आत्माले गर्नुहुन्छ। हामीलाई परमेश्वरको इच्छा र योजना अनुसारको जीवनमा डोर्याउने काम पवित्र आत्माले गर्नुहुन्छ। परमेश्वर जस्तै पवित्र बनाउने कार्य पवित्र आत्माले हामीमा गर्नु हुन्छ, जस्तो २ थेसलोनिकी 2:13 मा लेखिएको छ 'प्रभुले प्रेम गर्नुभएको भाइहरू, तिमीहरूका निम्ति हामी परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउन बाध्य छौं, किनकी सुरुदेखि नै पवित्र आत्माको पवित्र तुल्याउने कामद्वारा र सत्यतामाथिको विश्वासद्वारा बाँच्नलाई परमेश्वरले तिमीहरूलाई चुन्नुभयो।'
पवित्र आत्मा वर्तमान समयमा हाम्रो लागि हामी भित्र तथा हामी द्वारा परमेश्वरको योजना अनुसार कार्य गर्ने परमेश्वर हुनुहुन्छ। पवित्र आत्मा हाम्रो साथमा हुनुहुन्छ त्यसैले हामी एक्लो छैनौं।
पवित्र आत्माको व्यक्तित्व तथा कामको सम्बन्धमा बाइबल धर्मशास्त्रको शिक्षा:
पवित्र आत्मा पिता र पुत्र परमेश्वर जस्तै एक परमेश्वरको व्यक्तित्व हुनुहुन्छ। पिता र पुत्रसँगै अनन्त एकताको सम्बन्धमा हुनुभएको भए पनि पवित्र आत्मा आफै स्वतन्त्र रूपमा हामी बीच आफ्नो उपस्थिति राख्नुहुन्छ।
'र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।' यूहन्ना 14:16
'तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।' यूहन्ना 16:7
पवित्र आत्मा शक्ति मात्र होइन तर आफै एक ईश्वरीय व्यक्तित्व भएकोले जान्ने, विचार गर्ने, खोज्ने, बोल्ने, सहायता गर्ने आदि काम गर्नुहुन्छ।
'परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ। किनकी पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ। मानिसभित्र रहेको आफ्नै आत्माबाहेक कसले मानिसका विचारलाई बुझ्न सक्छ? त्यसरी नै परमेश्वरका विचार परमेश्वरका आत्माबाहेक कसैले बुझ्दैन।' १ कोरिन्थी 2:10-11
'त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।' रोमी 8:26
'जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु।' प्रकाश 2:7
पवित्र आत्मा आफैमा परमेश्वर हुनुहुन्छ र उहाँले ईश्वरीय कामहरू गर्नुभएको छ। जीवन दिने काम सृष्टि गर्ने काम तथा मुक्ति दिने काम आदि पवित्र आत्माले गर्नुहुन्छ।
'येशूले जबाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो।' यूहन्ना 3:5-6
'किनकी एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो।' १ कोरिन्थी 12:13
पवित्र आत्माले विश्वासीलाई सिकाउने, सेवाकाइमा शक्ति दिने, जीवन परिवर्तन गरेर असल मार्गमा हिँडाउने कार्य गर्नुहुन्छ।
'तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। ...हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँड़ौं। ' गलाती 5:22-23,25
'तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनु हुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ।' यूहन्ना 16:7-8
'तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।”' प्रेरित 1:8
