मत्ती 5:14
ज्योति आफैमा सुन्दर हुन्छ र आफ्नो वरी परी रहेको सबै थोकको सुन्दरतालाइ स्पस्ट रूपमा संसारमा देखाउँछ। नदेखिएको लुकेर बसेको छायाँमा परेको सबै थोकमाथि ज्योति परे पछि प्रकाशमा आउँछ मानिसहरूले देख्ने छन् र यसको महत्व बढ्दछ। मानिसहरूको लागि ज्योतिले बाटो देखाउने काम गर्दछ। जसरी बाटोमा भएको खाडलहरू तथा ठेस लाग्ने बस्तुहरू ज्योतीको कारण प्रस्ट देख्न सकिन्छ। मानिसले बाटोमा भएको संकेत तथा चिन्हहरूलाइ देख्छन् र आफ्नो गन्तब्यको पहिचान गर्दछन्। आज बाइबल धर्मशास्त्रले हामीलाइ संसारको ज्योतिको संज्ञा दिएको छ। ज्योति संसारमा चम्कन आफैमा उज्यालोले भरिएको हुनु पर्छ। हामी सबै प्रभु येशू जो मानिसहरूको जीवनको ज्योति हुनुहुन्छ उहाँमा जोडिएर ज्योतिले भरिपुर्ण हुन सक्छाैं । प्रभुमा जोडिएको भएर हामीले आफुमात्र सुन्दर बन्ने होइन तर यस संसारमा लुकेका बस्तुहरूलाइ नदेखिएका थोकहरूलाइ परमेश्वरको प्रकाशमा ल्याएर सुन्दरता थप्नु पर्दछ। हामी विश्वासीको उपस्थितिले मानिसहरूलाइ, समाजलाइ सुन्दरता थप्नेकामहरू हुनु पर्छ। संसारका मानिसहरूले हिँड्नु पर्नेबाटो देखाउने काम हाम्रो हो। यस जीवनको बाटोमा खस्न सकिने खाल्डोहरू, ठेस लाग्नेकुराहरू देखाइदिने हाम्रो हो। हाम्रो ज्योति संसारमा चम्केको होस, हामी र हाम्रो मण्डलीको उपस्थितिले हाम्रो समाज र छिमेकिहरूले राहात पाएका हुन्। आफुलाइ र परमेश्वरले दिनुभएको आफ्नो सुन्दरतालाइ लुकाएर नराख्नुहोस ।
