"मेरा परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्याएका छैनन्, किनभने उहाँको दृष्टिमा म निर्दोष भेट्टाइएँ। . . .”
दानिएलको गवाही अनुसार परमेश्वरले दानिएलाई स्वर्गदुतहरू पठाएर सिंहहरूको खोरबाट आफुलाई बचाउनु भयो भनिएको छ । आज हामीले विश्वास गरेको परमेश्वर पनि उहि हुनु भएकोले उहाँ हाम्रो रक्षा गर्न पनि सक्षम हुनुहुन्छ भनि जान्नु पर्दछ । दानिएलले आफुले मानेको परमेश्वर अन्य देवी देवता भन्दा ठूलो हुनुहुन्छ भनेर प्रदर्शन गर्न सिंहको खोर भित्र पसेका होइनन् न त उनले परमेश्वरले बचाउनु हुन्छ कि हुँदैन भनेर जान्नको लागि त्यस कदम उठाएका थिए। दानिएलले केवल आफ्नो विश्वास मा अडिग रहेका हुन् र धार्मिकता र सत्यतामा अडिएका हुन्। उनले आफ्नो जीवनमा विश्वासमा चुनौति आएको बेला पनि विच्चली त हुनबाट आफुलाई जोगाएका हुन्। आज पनि हाम्रो जीवनमा धर्मी भएर जीउँदा सत्यता को पक्षमा उभिदा र परमेश्वरको विश्वासी भएकोले जीवनमा कुनै समस्याहरू को सामु हामी उभिनु पर्छ भनें हामीले यो जानि राखौं कि परमेश्वरले आफ्नो दुतहरू पठाएर हाम्रो साथ दिनुहुन्छ । परमेश्वर आफ्नो साथ हुनुहुन्छ भनेर शक्ति प्रदर्शन गर्ने तथा उहाँको जाँच गर्ने होइन तर परमेश्वरको धर्मिकताको बाटोमा हिँड्ने हो। परमेश्वरले देखाउनु भएको सत्यको बाटोमा हिँड्यौं भनें परमेश्वरले रक्षा गर्नुहुन्छ र हामी उहाँकोआश्चर्य कर्महरूको गवाही हुन सक्ने छौं। वास्तवमा अनन्तको छुट्कारा त पाइसकेका छौं तर यस संसारमा पनि परमेश्वरले हामीलाई एक्लै छाड्नुहुने छैन। परमेश्वरको छुट्करा यस्तै हुन्छ भन्न त हामी सक्दैनौं तर दानिएलको जस्तै परमेश्वरको शक्ति र कार्यको गवाही हामी पक्कै हुनेछौं।
