BISHWASI.COM

प्रस्‍थान 15:2 - Inspiration || Devotion in Nepali



परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्‍छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको स्‍तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्‍वर, म उहाँको नाउँ उच्‍च पार्नेछु।

प्रस्‍थान 15:2 

हामी जीवनमा जीउन, बढ्न, हचलच गर्न तथा काममा अघि बढ्न शक्तिको आवश्यक हुन्छ जुन शारीरिक रूपमा हामीले खाना, पानि तथा भौतिक कुराहरूबाट प्राप्त गर्दछौं । यो भौतिक कृयाकलापहरू हाम्रो इच्छा सोचाइ तथा भावनाहरू द्वारा संचालित हुन्छन् जो प्रत्यक्षरूपमा आत्मा सँग जोडिएको छ। त्यसैले अत्मिक रूपमा शक्तिशाली भयौं भने मात्र हामी सहि तरिकाले जीवनमा अघि बढ्न सक्छौं। आत्मिक रुपमा हाम्रो  शक्तिको श्रोत परमप्रभु परमेश्वर हुनुहुन्छ । उहाँकै बलमा हामीले जीवनमा आउने चुनौतिहरू सामना गर्न सक्छौं र विजयी हुन्छौं ।  परमेश्वरमा हाम्रो शक्ति छ भन्ने जानेर उहाँ मा नै हामीले जोडिन सक्नु र जान्नु पर्दछ । हामीले परमेश्वरलाई आफ्नो शक्ति र बल मान्यौ र उहालाई काम गर्न दियौ भनें उहाँ हाम्रो जीवनमा ठूलो काम गर्न सक्नुहुन्छ । हाम्रा कमजोरी तर चुनौति माथि उहाले विजय ल्याउनुहुन्छ। त्यसैले आज  परमेश्वर हाम्रो शक्ति र मुक्ति हुनु भएकोमा रमाहट गरौं र उहाँको स्तुती प्रशंसा गरौं ।