प्रभु र चेलाहरूको अन्तिम भोज
अन्तिम भोज, संसारका भएका सबै भन्दा
प्रख्यात चित्रकलाहरू मध्येको एक हो। जसलाई लिओनार्दो दा भिन्चिले 1495 र 1498को
विचमा इटालिको मिलान सहर स्थित डोमिनिकन मोनास्ट्रिमा बनाएका थिए। यो चित्र 460X880cm
साइजको छ भने जमिन भन्दा 2.4m माथि भित्तामा छ। 1999मा यसको जीर्णोद्धारको काम
सकेर सबै मानिसहरूले हेर्न पाउने गरी खुल्ला गरिएको छ।
प्रभु येशू ख्रीष्टले मत्ती 26:21-28 मा उल्लेख भए जस्तै आफ्नो चेलाहरूसँग बसेर खाना
खाने क्रममा आफ्ना चेलाहरूलाई उनिहरू मध्ये एक जनाबाट आफूले पाउने धोकाको बारेमा बताए
पछि चेलाहरूमा आएको खैलाबैलाको समयलाई यस चित्रमा उतारिएको छ। येशूले आफूलाई हुने धोकाको
बारेमा दिनुभएको जानकारी पछि चेलाहरूको सोचाइलाई समेट प्रकट गर्ने किसिमले दा भिन्चिले
यस चित्र बनाएका थिए। दा भिन्चिले यस चित्रमा फोटो खिच्नलाई सबै जनाले अगाडि
हेरेको अवस्था भन्दा मानिसहरूको अनुहारमा झल्किएको सोचाइलाइ बढि महत्व दिएका छन्।
यहुदाले म त पक्कै होइन भनेर भन्दै गरेको समयलाई समेटेका छन्। अन्य धार्मिक
चित्रहरू भन्दा फरक दाभिन्चिले यस चित्रमा येशूको शिरमा जोतिको मुकुट नराखी उहाँको
पुर्ण मानवताको स्वरूपलाइ देखाएको पाउँछौं।
x
