BISHWASI.COM

हितोपदेश 21:30 - Today's Inspiration


 कुनै पनि यस्‍तो बुद्धि, अन्‍तर्दृष्‍टि वा योजना छैन, जो परमप्रभुको विरुद्ध सफल हुन सक्‍छ।

हितोपदेश 21:30 '

परमेश्वरले बनाउनुभएको योजनामा संसार चल्दछ त्यसैले उहाँको विरुद्धको योजना कहिल्यै सफल हुन सक्दैन। परमेश्वरले हामी सबैको लागि पनि योजना बनाउनु भएको छ । हाम्रो जीवनको सफलता उहाँले हाम्रो जीवनमा राख्नु भएको योजना जान्नु र त्यसलाई पछ्‌याउनु नै हुन्छ । हामी आफूले बनाएको योजना को पछि दौडेर परमेश्वरको विरुद्धमा हुनु भन्दा उहाँको योजना पहिचान गरेर उहाँको साथमा जान सक्नु पर्छ । जीवनमा सफलता परमेश्वरको साथलागेर मिल्छ उहाँबाट अलग भएर होइन ।