Bible Study- हितोपदेशको पुस्तक
हितोपदेशको पुस्तकहरूको परिचयः
हिब्रु भाषामा यो पुस्तकको शिर्षक को अर्थ सोलोमोनका उपदेशहरू भन्ने हुन्छ ।ग्रिकमा paroimai जसको अर्थ उस्तै हुनु भन्ने अर्थ राखेको हुन्छ ।
यस पुस्तकको सामाग्रि तुलना गर्न दिइएका वुद्धि वा ज्ञानले भरिएका उपदेशहरू हुन् ।
हितोपदेशको पुस्तकहरूको लेखकहरूः
1. सोलोमोन –
जसले तिनहजार भन्दा बढि उपदेशको लेखन गरेका थिए, जो मध्य धेरै जसो हितो पदेशको पुस्तकमा पाइन्छ ।
सोलोमोनको उपदेश 1.1-9.18, 10.1-22.16, 25.1-29.27 मा पाइन्छ ।
1 राजा 4. 29- 32
29परमेश्वरले सोलोमनलाई बुद्धि र अति अन्तर्दृष्टि र समुद्रको बालुवाजत्तिकै अनगिन्ती समझशक्ति दिनुभयो... 32तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्या एक हजार पाँच वटा थियो।
2. बुद्धिमानहरू –
यि व्यक्तिहरू सोलोमोनको सल्लाहकारहरू हुनु पर्दछ । यिनहरूको उपदेश 22.17-24.22, 24.23-34 बुद्धिमान्का उखानहरूमा पाइन्छ
1 राजा 12. 6
तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म- गुरुहरूसित सल्लाह मागे । तिनले सोधे, “ यी मानिसहरूलाई मैले कस्तो जवाफ दिनुपर्ने हो? ”
3. अगूर –
यि व्यक्तिको हुन् भन्ने यकिन छैन यिनको उपदेश 30 .1 – 33 आगूरका नीतिवचन पाइन्छ �हितोपदेशको 30. 1 �1 याकेका छोरा आगूरका नीतिवचन — एक ईश्वरवाणी:�यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:
4. लेमुएल राजा –
उज भन्ने देशका राजा हुन् उनी इस्राएली त होइन्न तर साँचो परमेश्वरका विस्वासीहून् भन्ने जानिन्छ । 31 .1 – 9, 10 - 31 राजा लमूएलका निति-वचन मा पाइन्छ ।
हितोपदेशको 31. 1 �1राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी— एक ईश्वरवाणी:
हितोपदेशको पुस्तकहरूको लेखिएको समयः
यस पुस्तक भित्रका कुराहरू पहिले नै लेखिएता पनि यस पुस्तक मा समावेस गरीएका उपदेशहरू वन्दिबाट फर्के पछि संग्रह गरेर पुस्तकको रूपमा तयार गरिएको हुनु पर्दछ ।� �इस्राएल देश भन्ने उल्लेख नगरिएको, कारणले यि पुस्तक देश नभएको अवस्थामा राजनितिक उपदेश भन्दा व्यक्तिगत नैतिकता बढि सिकाउँदछन।
हितोपदेशको पुस्तकहरूको उद्देश्यः
1. परमेश्वरको डर भएको जीवनमा मानिसहरूलाइ डोर्याउन ।
2. असल बुद्धि ज्ञानको पहिचान गराउन
3. परमेश्वरको इच्छा अनुसारको जीवनमा मानिसलाइ डोर्याउन �
4. धार्मिक र सांसारिक कुरा विचको भिन्नतालाइ मेटाउन, सबै कुरा परमेश्वरलाइ सरोकार छन् ।
मुख्य पदहरू
�1.7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। ��2.6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ,�र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।��15.16होहल्लाको साथ प्रशस्तै धन हुनुभन्दा थोरै धनसित परमप्रभुको भय राख्नु उत्तम हो।
24. 3-5 बुद्धिले घर बनाइन्छ, र सुझबुझले त्यो स्थापित हुन्छ,�4ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्। 5बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ, र ज्ञानी मानिसको सामर्थ्य बढ्छ।��10. 29 परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो, तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो।��27.17 फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ।
Personified Wisdom बुद्धि व्यक्ति रूपमा
हितोपदेश 8-
1के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्नो आवाज उच्च पार्दैन र? �12म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।�22“परमप्रभुले सृष्टिको प्रारम्भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्दा पहिले नै।
8-23अनन्तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्दा पहिले, संसार सुरु हुनुभन्दा पनि पहिले नै।24महासागर नहुँदै मेरो जन्म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्दा अघि नै।25पर्वतहरू आ-आफ्नो स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाड़हरूभन्दा अघि नै मेरो जन्म भएको थियो।�26उहाँले पृथ्वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्दा अघि नै म सृजिएको थिएँ।�27उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा,�र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।
यूहन्ना 1मा उल्लेख गरीएको वचन र हितोपदेश 8 मा लेखिएको बुद्धि मा समानता देखिन्छ । व्यक्तिको रूपमा बुद्धिलाइ परमेश्वरकै स्थानमा राखिएको छ।
�युहन्ना 1.1-3�1आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। 2उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।�3सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। 4उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। 5त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।