BISHWASI.COM

बाइबलको भुगोललाइ जानि राखाैं- पावलको सुसमाचारिय यात्राको विवरण चित्र- Biblical Geography- Paul's Missionary journey map in Nepali

बाइबलको भुगोललाइ जानि राखाैं- पावलको सुसमाचारिय यात्राको विवरण चित्र

परमेश्वरको पुत्र येशू ख्रीष्ट संसारमा आएर हाम्रो मुक्तिको बीउ
रोप्नु भयो भने उहाँका चेलाहरूले यस मुक्तिको सुसमाचारला
ई संसार भरी फैलाउने
काम गरे। सुसमाचार विश्वव्यापी बनाउने काममा येशूको चेला पावलको योगदान धेरै ठूलो
छ । आफ्नो सेवाकाईको दौरान प्रेरित पावलले 10,000 माइलको यात्रा पुरा गरे भने कम्तीमा
14 वटा मण्डली स्थापना गरे।

प्रेरितको पुस्तकमा पावलको 3 वटा सुसमाचारीय यात्रा उल्लेख गरिएको छ
। उक्त यात्रामा पावलले वर्तमान ग्रीस, सिरिया, टर्की लगायतका विभिन्न ठाउँहरूमा
यात्रा गरे। कति विद्वानहरूले पावलले प्रेरितको पुस्तकमा उल्लेख भए भन्दा बाहेक
पनि सेवाकाइको यात्रा गरेको तर्क गर्दछन्। पावलले आफ्नो यात्रा पुरा गर्दै
मण्डलीको विकासमा ठुलो योग्दान पुर्याएका छन् । 

पावलको पहिलो मिसनरी यात्रा (प्रेरित 13-14)

पावलको पहिलो मिसनरी यात्रा एन्टिओख बाट सुरू भयो, र साइप्रस हुँदै वर्तमान टर्किमा पर्ने पाम्फिलिया, फिर्जिया, लिकोनिया, सम्मको यात्रा गरेर फेरी एन्टिओख फर्किनु भयो।



 पावलको दोस्रो मिसनरी यात्रा (प्रेरित 16.23-20.38)



पावलले दोस्रो यात्राको क्रममा धेरै मण्डलीहरू स्थापना गरेका थिए जुन
मण्डलीलाई पछि पावलले पत्राचार गरेका पत्रहरू अहिले हामीले बाइबलमा अध्ययन गर्छौं।
यही यात्राको क्रममा पावल र वर्नावास विच मतभेद भएको थियो । दोसो यात्रा पनि एन्टि
ओखबाट सुरू भएर टर्किमा पर्ने
लिकानिया, फिर्जिया गलाति, हुँदै एसिया पुगेका थिए । त्यस पछि ग्रिकका सहरहरू माकेडोनिया
थेसलोनिया, आखिया, एथेन्स हुँदै कोरिन्थी सम्म पुग्नु भयो । यात्रालाई टुंग्याउँदै
एफिसस पुगेर येरूसलेम पुगेर दोस्रो यात्रा पुरा भएको थियो।

पावलको तेस्रो मिसनरी यात्रा (प्रेरित 18.23-20.38)



पावलको दोस्रो र तेस्रो यात्राको बीचमा विश्राम छैन। उनले येरूसलेम
पुगे लगत्तै तेस्रो यात्रा सुरु गरे। तेस्रो यात्राको क्रममा पहिले स्थापना गरेका
मण्डलीलाई मजबुत बनाउने काम गरे। त्यसैले उनले फिर्जिया र गलातिका मण्डलीमा पुगे र
एसिया तर्फ गए । त्यसपछि एफिससबाट उनले माकेडोनिया र ग्रिस तर्फ गए भने । फेरी
एफिसस पुगेर त्यहाँ बाट फोनेसिया हुँदै यरूसलेम मा पुगे जहाँ यहुदी अगुवाहरूले उनलाई
रोमी शासकको हातमा सुम्पिदिए र उनि जेलमा परे। 

पावलको रोमको यात्रा



पावल त्यस्तै बन्दि अवस्थामा रोम तर्फ पुर्याइए । जुन यात्रा आफैमा
चुन
ौति पुर्ण थियो र एक प्रकारले उनको एक सेवाकाइको यात्रा थियो जहाँ
परमेश्वरको पावल द्वारा महान कामहरू पुरा गर्नुभयो । 




नोटः यस लेखमा प्रयोग भएका नक्साहरू Nelson’s Complete Book of Bible Maps and Charts copyright 1996, 1993 by Thomas Nelson, Inc. बाट नेपालीकरण गरिएका हुन् ।