BISHWASI.COM

अनन्तको जीवन दिने पानि ( यूहन्ना ४:७-२६ ) - स्लोकमा बाइबल- Bible in Poetry by Ps. Nagendra M. Bhandari

अनन्तको जीवन दिने पानि ( यूहन्ना ४:७-२६ ) 



पानि भर्न त्यहॅा एउटी सामरी स्त्री आई

येशूले भन्नूभो पानि पिउनदेऊ मलाई

खानेकुरा किन्न चेला शहर थिए गएका

तब सम्म तिनीहरू त्यहॅा थिएनन् आएका।।


तब सामरी स्त्रीले उहॅालाई सोध्दै भनी

यहूदी भै पिउनुहुन्छ मेराहातको पानि ? 

येशूले भन्नुभो तिमीले चिनेकी भए मलाई

माग्ने थियौ दिन्थेजीवनको पानीतिमीलाई।।१०


भनी हजूरसित उघाउने छैन भाडो

इनारपनित छ एहॅाकोअतिनै गहिरो। 

कहॅाबाट ल्याउनुहुन्छ त्यो जिउॅदो पानी 

स्त्रीले भनी उहॅालाई कसरी मैले खानी ।।११।।


तपाईं हुनुहुन्छ भन्दा ठुला पुर्खा याकुब

उनले हामीलाई बनाइदिए इनार खुब । 

येशूले भन्नुभयो त्यस स्त्रीलाई एसरी

यो पानी पिउने प्रत्येक तिर्खाउनेछ फेरी ।।१३। 


तर जस जसले मैले दिने पानी पिउॅछ

तिर्खाउनेछैन त्यो कहिल्यै सधै जिउॅछ। 

जुन पानी म दिनेछु पिउॅन त्यसलाई

अनन्त जीवनको उम्रिरहने मूलबनाई ।।१४।।


भनी त्यस स्त्रीले उहॅालाई हजूर मलाई

दिनुहोस त्यै पानी म रहने छैन तिर्खाई । 

येशूले भन्नुभयो त्यसलाई तिमी जाऊ

र तिम्रो लोग्नेलाई एहा बोलाएर ल्याऊ।।१६।।


मेरो त छैन लोग्ने भनेर स्त्रीले भनी त्यहा

भन्नुभयो येशूले तिमीले ठिकै भन्यौयहा । 

किनभने तिम्रा लोग्ने भइसकेकाछन् पॅाचौ

जो तिमीसंगछ तिम्रो होइन हौ तिमी सॅाचो।।१८।।


त्यस स्त्रीले उहॅालाईभनी हजूर तपाईं

अगम्बक्ता हुनुहुन्छ भनीमैलेथाहा पाईं। 

पुर्खाले गरे आरधना हाम्रा यस डॅाडामा 

भन्नुहुन्छ तपाईं स्थान हो यरूशलेममा।।२०।।


भन्नुभयो येशूले ए नारी भनी त्यसलाई

जे भन्दैछु म त्यो तिमीविस्वास गर मलाई। 

यो डॅाडामा नता यरूशलेममा तिमीहरू

आरधना गर्नेछौ आरधना गर्ने छन् अरू ।।२१।। 


जे आरधना गर्दछौ सो जान्दैनौ तिमीले 

जे आरधना गर्दछौ सो जान्दछौ हामीले। 

किनभने यहूदीबाटै आउॅछ मुक्ति चॅाही 

त्यो बेला आइ रहेछ बुझअहिले हो येही।।२२। 


जब सच्चा आराधकहरूले पितालाईं

आरधना गर्नेछन् सत्य आत्मामा मन्लगाईं। 

आरधना गर्ने यस्तै आराधकलाई रोजी

किनकि पिताले गर्नुहुन्छ यस्तैको खोजी।।२३।।


परमेश्वर हुनुहुन्छ उहॅा पबित्र आत्मा 

आरधना गर्नुपर्दछ आत्मा र सत्यतामा।

भनी स्त्रीले उहॅालाई मसीह आउनुहुन्छ

उहॅाले नै हामीलाई सबै   बताउनुहुन्छ ।।२५।।


येशूले भन्नुभयो तिमी संग बोल्ने आई                        

म उही हुं भनेर खोल्नुभयो त्यस स्त्रीलाई।