BISHWASI.COM

Luke 22:7-23 || मानिस रोटीले मात्र बाँच्दैन: येशूको शरीर र रगतको रहस्य। || Bhojraj Bhatta ||

Luke 22:7-23 || मानिस रोटीले मात्र बाँच्दैन: येशूको शरीर र रगतको रहस्य। || Bhojraj Bhatta ||

Nepali Christian Sermon


Luke 22:7-23

7अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्‍तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्‍यो। 8उहाँले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्‍ति निस्‍तार-चाड़को भोज तयार गर।”
9तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?”
10उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। त्‍यो जुन घरमा पस्‍छ त्‍यहाँसम्‍म त्‍यसको पछि लाग, 11र तिमीहरूले त्‍यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्‍नुहुन्‍छ, मैले आफ्‍ना चेलाहरूसँग निस्‍तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’ 12उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तयार गर।”
13तिनीहरू गए, र उहाँले भन्‍नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को तयारी गरे।
14अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्‍नुभयो। 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले दुःख भोग्‍न अघि नै यो निस्‍तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्‍छा गरेको थिएँ, 16किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍यमा यो पूरा नहोउञ्‍जेल म यो भोज फेरि खानेछैनँ।”
17तब कचौरा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़। 18किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआउञ्‍जेल अब उप्रान्‍त अङ्‍गुरको रस म पिउनेछैनँ।”
19अनि उहाँले रोटी लिनुभयो र धन्‍यवाद चढ़ाउनुभएपछि त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “तिमीहरूका निम्‍ति दिइएको यो मेरो शरीर हो। मेरो सम्‍झनामा यो गर्ने गर।”
20यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।  21तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबिलमा छ।  22किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्‍कार त्‍यस मानिसलाई, जसले उसलाई धोका दिन्‍छ।” 23यस्‍तो काम गर्ने तिनीहरूमध्‍ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे।