भुँइमा बजारिएको कछुवा (The Fallen Tortoise)
जहाँजाओस् एउटा कछुवाले आफ्नो घर आफैले बोकेको हुन्छ । उसले आफ्नो घरबाट कहिल्यै छुट्कारा पाउन सक्दैन । भन्छन यो सब कछुवालाई अल्छि भएको कारण बृहस्पतिले दिएको श्राप हो, किनकी कछुवाले बृहस्पतिको बिहेको विषेश निमन्त्रणा पाउँदा पाउँदै पनि अल्छि भएर जान इन्कार गरेको थियो ।
धेरै बर्ष पछि कछुवाले म त्यो विहेमा जानुपर्ने रैछ भनेर पछुताउन लाग्यो । उसले चराहरू टाढा टाढा उडेर जाने आउने गरेको देख्थ्यो, लोखर्के खरायोहरू दगुर्दै यता उता पुगेको देख्थ्यो तर कछुवालाई रहर हुँदा हुँदै पनि घरबोक्ने पिडाले केहि गर्न सक्दैनथ्यो । उ एक दमै निरास र दुखी भयो ।
एक दिन उसले एक जोडि राजहाँसहरूलाई आफ्नो दुःख सुनायो ।
हामी तिमीलाई संसार देख्न सघाउँछौं, ति हाँसहरूले भने, एउटा लामो लठ्ठीलाई आफ्नो दाँतले दह्रो गरेर समात हामी दुइ तिर बाट त्यस लठ्ठीलाई बोक्छौ र उडाउँछौं ।
आफू आकासमा हुँदा मुख नखोल्नुनि नत्र खत्तम हुन्छ ।
कछुवा धेरै खुशी भयो र तुरून्तै एउटा लामो लठ्ठी मुखले च्यापेर तयार भयो । तिहाँसहरूले पनि दुइतिर बाट त्यस लठ्ठि सहित त्यस कछुवालाई उडाएर माथि आकासमा पुर्याए । कछुवा निकै दंग भयो ।
केहि समय पछि तिनीहरूसबै आकासमा उड्दै गर्दा एक कागले त्यो दृष्य देख्यो र नजीकै पुगेर सोध्न लाग्यो ।
यो चाहिँ कछुवाहरूको राजै हुनु पर्छ ।
त्यो कछुवा पनि मख्ख पर्यो र धन्यवाद भन्नलाई बिचआकासमा मुख खोल्यो ।
धन्यवाद भन्न नसक्दै त्यो भुँमा बजारियो ।
कतै हामी आफै पनि आफ्नो धरातल नबुझी अरूले वाहवाह गरेको भरमा आफैलाइ आवाश्यक भन्दा ठुलो त ठानेका छैनौं । विचार गरौं नभए हामी पनि बजारिन बेर लाग्दैन ।
हितोपदेश 28: 23
फुर्क्याउने जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्त गर्नेछ।