BISHWASI.COM

चिल र काग (An Eagle and a Crow)


चिल र काग (An Eagle and a Crow)

एक दिन, एक कागले एउटा चिलले नजीकैको चरणबाट एउटा भेंडाको पाठो उडाएर आफ्नो गुँड तिर लगेको देख्यो । कागले आँफु पनि चिलझै बलियो चरा हुँ र भेंडा उडाएर लाने तागत आफुँमा भएको विचार गर्यो ।

चिलले जस्तै भेंडा उडाउन एउटा भेंडामाथी बेगले पखेंटा फट्याउँदै डाइभ गर्यो र आफ्नो नंग्राले भेंडालाई उचाल्ने प्रयास गर्यो । जति तान्न खोजे पनि, जति पंखेटा फट्याए पनि उस्ले केहि गर्न सकेन छ । तर बिँडम्बनाको कुरा आफ्नो नंग्रा भेंडाको उनमा नराम्रो सँग जेल्लिएर आँफै फुत्कन नसक्ने भएछ । उता भेंडा भने आँफ्नो ढाडमा काग बसेको पनि थाहा नपाइ घाँस चरिरहे थियो ।

यो सब तमासा अलिक पर बसेको भेंडा गोठाले देखी रहेको थियो । उ त्यस काग बसेको भेंडा तिर लम्क्यो र त्यस कागलाई भेँडाको उनबाट छुटाइ त्यसको पँखेटाको प्वाँख काटिदियो । भेंडा गोठालाले एउटा लामो डोरी कागको खुट्टामा बाँधेर आफ्नो छोरा छोरी लाई खेल भनेर दिएछ । गोठालाका नानिहरूले रमाउँदै कागलाई तान्दै उडाउँदै खेल्न थालेछन् । एउटा बच्चाले गोठालालाई सोधेछः बाबा यो चराको नाम के हो ?

गोठालो ले भनेछः यो चाहिँ काग हो तर यस चरालाई सोध्यो भने आँफु चिल हुँ भन्छ ।

हामी पनि कतै आफ्नो पहिचान बिर्सेर अरू जस्तै बन्ने प्रयास त गरेका छैनौं याद गरि राखौं कि हामी अरू बन्ने प्रयास गर्यौं भने काग जस्तै रमिते हुनेछौ

रोमी 12: 2

यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।