को चाहिँ ठग?
एउटा बजारमा एउटा घ्यु व्यापारी र अर्को मिठाई व्यापारी रहेछन् । उनीहरूले एक अर्काबाट सामानहरू पनि किन्ने गर्दा रहेछन् । ध्यू व्यापारीले घरमा चाहिने मिठाई मिठाई व्यापारीबाट र मिठाई व्यापारीले मिठाइ बनाउन चाहिने घ्यू, आफ्नो छिमेकि ध्यू व्यापारीबाट किन्दो रहेछ । एक दिन ध्यू व्यापारीले मिठाइ व्यापारीलाइ साह्रै गाली गर्न लागेछ । तैंले मलाइ ठग्ने, एक किलो मिठाइमा पुरा नदिने, भन्न लागेछ । मिठाइ व्यापारीले होइन मैले त सहि तरीकाले नै दिइ राखेको छु खै के भएछ । ध्यू व्यापारीले भनेछ यस्ता ठगहरूलाइ पञ्चायत बोलाएर, सजाए दिनु पर्छ, यसको पसल बन्द गराउनु पर्छ ।
भोली पल्ट गाउँका भद्र भलाद्मिको भेला भएछ, गाउँका मुखियाले सोधेछन् समस्या के हो?
ध्यू व्यापारीले भनेछ । मैले प्रत्येक दिन यसको पसलबाट एक किलो लड्डु किन्छु मेरा नाति नातिनाको लागि । हिजो मैले संका लागेर जाँचेको छ लड्डु एक किलोमा २०० ग्राम कम छ । यसले मलाइ प्रत्येक दिन यति धेरै ठग्दो रहेछ ।
मुखियाले मिठाइ व्यापारीलाइ सोधेछनः के हो कुरा सबैलाइ यसरी नै ठग्ने गरेका छौ कि को हो ?
मिठाइ व्यापारीले भनेछ, होइन हजुर मैले त राम्रै जोखेर दिने गरेको छु ।
मुखियाले सोधेछन् के तिमिले चलाउने ढक सहि ढक त हो नि?
मिठाइ व्यापारीले भनेछः हजुर मैले उहाँ (घ्यू व्यापारी) सँग बाट दिनको एक किलो घ्यू किन्न लागेको धेरै भइसक्यो । हरेक बेलुका उहाँले मेरो पसलमा एक किलो ध्यू पुर्याउनु हुन्छ र मिठाइ लानुहुन्छ ।
हतार होला भनेर उहाँलाइ मैले तराजुको एका तिर उहाँको घ्यू राखेर मिठाइ जोखेर दिने गरेको छु । लड्डुमा कमि भएको भने त्यहि घ्यूको तौलमा घटीकमी होला
गाउँका सबै भद्र भलाद्मीहरूले घ्यू व्यापारी तिर हेरेछन् । पञ्चायतको भेलाले घ्यू व्यापारीले भने जस्तै ठगको पसल बन्द गर्ने फैसला सुनाएछन् । घ्यूको पसल बन्द भएछ ।
हामीले अरूलाइ दोष लागाउनु भन्दा आफ्नो गल्ति पहिले सुधार्नु पर्दछ । नत्र आफुले खनेको खाडलमा आफै पर्न सक्छौं ।
हितोपदेश 11:18
दुष्ट मानिसले ठगाइको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, उसले निश्चित इनाम कटनी गर्छ।
गलाती 6:7-8
धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।